१ कार्तिक २०८३, आइतबार

‘भ्वाइस अफ नेपाल’को विजेता बने करण राई

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई बनेका छन् ।

आज शुक्रबार भएको ग्राण्ड फिनालेमा उनलाई विजेता घोषित गरिएको हो । विजेता करणले नगद २५ लाख रुपैयाँसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरेका छन् ।

करणले टीम राजु लामाकोबाट प्रतिस्पर्धा गरेका थिए । टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप घोषित भइन् भने टीम प्रमोद खरेलबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । यस्तै, टीम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बने ।