
नवलपरासी पश्चिम, ८ पुस । नवलपरासी पश्चिमको सुनवलमा एउटा होटेल र सात वटा पसल जल्दा करिब एक करोड रुपैयाँ भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
सुनवल नगरपालिका वडा नं १ सोमनाथस्थित सन्तोष पौडेलको टिन र ब्लकले बनेको घरको सटर भाडामा रहेको मुन्ना टायर पसलबाट सुरू भएको आगलागीबाट थप थिरती होटेल, हिमचुली मोटर पार्टस, गरौँ कलिका मोटर पार्टस, सगिर व्याट्री पसल, रामजी वर्कसप, सुरज पेन्टस गरि सातवटा सटर भएको पसल पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी भोजराज पाण्डेले बताए । बिहीबार बिहान साढे १ बजेदेखि सुरू भएको आगलागी ३ घण्टापछि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बिजुली सर्ट भई आगलागी भएको भन्ने बुझिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया