१ कार्तिक २०८३, आइतबार

कर्णेल छत्रबहादुर थापा स्मृति कोषले गर्‍यो खेलाडीद्वय बिष्ट र अधिकारीलाई सम्मान

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, ८ पुस । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्ट र भारोत्तोलन खेलाडी कमल अधिकारी सम्मानित भएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अञ्जनलाई छत्रबहादुर थापा स्मृति स्ट्रस्ट र कमललाई शिव विष्णु स्मृति स्ट्रस्टले सम्मान गरेको हो । दुवै खेलाडीलाई प्रधानसेनापति प्रभुराम शर्माले सम्मान प्रदान गरे ।

सम्मानित दुबै खेलाडीले सम्मानस्वरुप नगद जनही ५० हजार प्राप्त गरेका छन् । तत्कालीन शाही नेपाली सेनाका महासेनानी स्व. छत्रबहादुर थापाको स्मृतिमा चौथो पटक सम्मान कार्यक्रम आयोजना भएको हो । यसअघि नेपाली राष्ट्रिय टोलीका सदस्य नवयुग श्रेष्ठ छत्रबहादुर स्मृतिबाट सम्मानित भएका थिए ।

नेपाली राष्ट्रिय टोलीमा नियमित सदस्य अञ्जनले हालसम्म ११ गोल गरिसकेका छन् । एन्फा एकेडेमीका अञ्जनले बंगलादेशसँग असोजमा भएको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए । १२औं दशौं दक्षिण एशियाली खेलकुद (साग), बंगबन्धु कप र एएफसी सोलिडारिटी कप नेपालले जित्दा अञ्जन मुख्य खेलाडी थिए ।

यसैगरी कमलले सन् २००६ कोलम्बोमा आयोजना भएको दशौं सागमा नेपाललाई स्वर्ण पदक जितेका थिए । त्रिभुवन आर्मी क्लबमा आबद्ध कमलले ५७ साल यता भारोत्तोलन खेलमा लगातार खेल्दै आएका थिए ।

कार्यक्रममा स्वर्गीय छत्रबहादुरका छोरा पूर्वउपप्रधानमन्त्री कमल थापा, डा. विष्णु भण्डारी, संस्थाका अध्यक्ष नेपाली सेनाका अप्रा रथी नेत्रबहादुर थापा लागायतले बोलेका थिए ।