१ कार्तिक २०८३, आइतबार

कोमल ओलीले भनिन्– सडक प्रहरीको होइन जनताको हो, निर्वाध प्रयोग गर्न देऊ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल ओलीले सडक प्रहरीको नभई जनताको भएकाले निर्वाध रूपमा प्रयोग गर्न पाउनुपर्ने बताएकी छिन् ।

साँझ परेपछि प्रहरीले काठमाडौं उपत्यकाका सडकहरूमा ब्यारिकेड राखेर सर्वसाधारणलाई सहज आवागमन गर्न नदिएको टिप्पणी गर्दै उनले जुनसुकै बेला सर्वसाधारणले निर्वाधरूपमा सडक प्रयोग गर्न पाउनुपर्ने तर्क गरेकी हुन् ।

आज शुक्रबार ट्विट गर्दै नेतृ ओलीले भनेकी छिन्, ‘साँझ परेपछि नेपाल प्रहरीले खोई के सोचेर हो, सडकमा यमराज बिछ्याए जसरी ब्यारिकेड राखेको हुन्छ, काठमाडौंका सडकभर । एक त गाडी चलाउनै समस्या, अर्को त्यही धरापमा परिने डर ।’

प्रहरीले सवारीचालकहरूकै सुरक्षाका लागि राख्ने गरेको ब्यारिकेडलाई उनले ‘यमराज’को संज्ञा दिएकी छिन् । उनले नेपाल प्रहरीलाई मेन्सन गर्दै अगाडि लेखेकी छिन्, ‘सडक जनताको हो, पुलिसको होइन । सडक जनतालाई निर्वाध प्रयोग गर्न देऊ, यो हाम्रो अधिकार हो ।’