१ कार्तिक २०८३, आइतबार

अस्थिरता नेपालको अभिशप्त नियति भयो, देउवाले प्रचण्डलाई छोड्नुपर्छ : गोकुल बास्कोटा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् प्रतिनिधि सभामा पुन: निर्वाचित गोकुल बास्कोटाले अस्थिरता नेपालको अभिशप्त नियति भएको बताएका छन् ।

नेपालको राजनीतिमा जहिल्यै च्याँखे दाउ थाप्नेहरू निर्णायक हुने र त्यसले मुलुकमा गम्भीर अस्थिरता निम्त्याउनाका साथै जनताको तीव्र विकासको इच्छा र चाहना मरिरहेकोेप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

‘नेपाली राजनीति फेरि पनि च्याँखे दाउमै रमाउने देखिदै छ,’ बास्कोटाले भने, ‘विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिबीलाई जित्नु पर्ने राजनीतिक दायित्वको जनमतको चाहना केवल सत्ताको छिनाझपटमै सकिने भो ।’

नेपालका लागि राजनीतिक अस्थिरता कसैले सराप दिएर छोडेजस्तो भएको टिप्पणी गर्दै उनले कांग्रेसले अब माओवादीलाई छोडेर राजनीतिक स्थायित्वको खोजी गर्नुपर्नेमा जोड दिएका छन् । ट्विटरमा लेख्दै उनले भनेका छन्, ‘अस्थिरता नेपालको अभिशप्त नियति भो । देउवाले प्रचण्डलाई छोडे हुने । गठबन्धन नै गाँठो नपरोस । शुभकामना !!!’