
काठमाडौं, ८ पुस । बिकिनी किलर चार्ल्स शोभराज रिहा भएका छन् ।
शोभराज शुक्रबार केन्दीय कारागारबाट रिहा भएका हुन् । सर्वोच्च अदालतले बुधबार शोभराजलाई रिहा गर्न आदेश दिएको थियो ।
सर्वोच्चले शोभराजलाई १५ दिनभित्र फ्रान्स डिपोर्ट गर्न आदेश पनि दिएको छ । उनी १९ वर्षपछि जेलमुक्त भएका हुन् । काठमाडौं र भक्तपुरमा दुई विदेशीको हत्या आरोपमा शोभराजलाई जन्मकैदको फैसला भएको थियो ।
जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्थाअनुसार अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो ।
उनलाई अब फ्रान्स डिर्पोट गरिने छ ।















प्रतिक्रिया