
काठमाडौं, ८ पुस । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुन तोलामा १२ सयले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघकाअनुसार आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।















प्रतिक्रिया