१ कार्तिक २०८३, शनिबार

दुई वडाका स्थानीयबीच कुटाकुट हुँदा ३० भन्दा धेरै घाइते

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । बैतडीमा दुई वडाका स्थानीयबीच झडप हुँदा ३० जना भन्दा धेरै घाइते भएका छन् ।

मेलौली नगरपालिका वडा नम्बर १ र ७ का स्थानीयबीच कुटाकुट भएको हो । अस्पताल निर्माणका विषयमा दुई वडाका स्थानीयबीच झडप भएको हो ।

१५ शय्याको अस्पताल निर्माणका विषयमा झडप भएको हो । दुवै वडाका स्थानीय अस्पताल आफ्नो वडामा निर्माण हुनुपर्ने अडान राखेपछि विवाद भएको हो ।

अस्पतालको नाममा वडा नम्बर १ र ७ दुवै ठाउँमा जमिन छ । केही समयअघि वडा नम्बर १ का स्थानीयले आफ्नो वडामा अस्पताल बनाउनुपर्ने भन्दै तालाबन्दी गरेका थिए ।

त्यसको केही दिनपछि पुनस् वडा नम्बर ७ का स्थानीयले तालाबन्दी गरेका थिए ।