
काठमाडौं, ८ पुस । बाल गायक सचिन परियार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।
सचिनको त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । उनी बोल्न पनि नसक्ने अवस्थामा रहेका बताएको छ ।
बुधबार अस्पताल भर्ना भएका परियारको स्वास्थ्य अवस्था अहिले पनि सुधार हुन सकेका छैन । ९ वर्षको उमेरमा सचिन एकताका सामाजिक सञ्जाल र युट्युबमा निक्कै चर्चामा थिए ।
केही समय नेपाली लोकदोहोरीदेखि टेलिसिरियलसम्म निक्कै प्रयोग भएका सचिन केहीसमय यता गुमनाम भएका थिए ।
एक युट्युबमा अन्तर्वार्ता दिएर भाइरल भएका परियारले ‘रातो रबर एक’, ‘रूमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छायाँले’ लगायतका गीतहरू गाएका छन् ।















प्रतिक्रिया