३ कार्तिक २०८३, मंगलबार

टर्कीको तटमा २ आप्रवासीको मृत्यु, ४३ को उद्धार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अङ्कारा, ८ पुस । एजियन सागरमा दुई आप्रवासी मृत फेला परेका छन् । साथै सो क्षेत्रमा ढुङ्गाबाट ४३ जनालाई उद्धार गरिएको टर्कीको तटरक्षकले बिहीबार जनाएको छ । ती आप्रवासीहरू अवैध तरिकाले टर्की प्रवेश गर्नेक्रममा रहेको बुझिएको छ ।

टर्की कोस्ट गार्डले विज्ञप्ति जारी गर्दै उनीहरूले बुधबार ती आप्रवासीहरूलाई आइदिन प्रान्तको तटमा फेला पारेका थिए। ग्रीक सुरक्षा बलहरूले आप्रवासी सवार रबरको ढुङ्गालाई जुन दिशाबाट आइरहेका थिए सोही दिशामा फर्काउँन बल प्रयोग गर्दा पानीमा डुबेको थियो । टर्किए हुँदै युरोप पुग्ने प्रयास गर्ने आप्रवासीहरूका लागि एजियन सागर महत्त्वपूर्ण मार्ग भएको हो । टर्किए र युरोपेली सङ्घबीच सन् २०१६ को मार्चमा अवैध आप्रवासीको प्रवाहलाई रोक्न सम्झौता भएको थियो ।

टर्किएको कोस्ट गार्ड कमाण्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२२ मा जनवरी १ देखि डिसेम्बर १५ सम्म टर्कीको क्षेत्रीय जलक्षेत्रमा भएका एक हजार ५५० अवैध आप्रवासी घटनाहरू नियन्त्रण गर्ने क्रममा जम्मा ४७ हजार ४९८ अनियमित आप्रवासी पक्राउ गरिएको थियो । सिन्ह्वा