१ कार्तिक २०८३, आइतबार

पोखरा सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म, के–के गरिन्छ ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पुस १३ देखि १७ गतेसम्म पोखरामा ‘२४ औँ पोखरा सडक महोत्सव’ आयोजना हुने भएको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखराले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्र्दै ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पाँचदिने महोत्सव आयोजना गर्न लागेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष नरेश भट्टराईले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि पोखराको लेकसाइडस्थित तीन किलोमिटर क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

त्यस्तै रेवानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले निजी क्षेत्रले गरेको सबैभन्दा ठूलो सडक महोत्सव भएकाले यसलाई सफल बनाउन सबै क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सरकारले समेत निजी क्षेत्रलाई पर्यटक भित्र्याउनका लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।

महोत्सव फिस्टेल गेटदेखि खहरे चोक हुँदै जरेवर लेकसाइडसम्म हुनेछ । महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटररेसलगायत कार्यक्रम हुने आयोजकले जनाएको छ ।