
काठमाडौं, ७ पुस । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले संसदलाई प्रभावकारी रुपमा अघि बढाउन आफ्नो भूमिका केन्द्रित गर्ने बताएका छन् ।
आज बिहीबार पद तथा गोपनीयताको सपथ लिएपछि संसद भवनमा प्रतिक्रिया दिदै उनीहरुले जनतासँग गरिएका प्रतिवतद्ध कार्यान्वयन गर्दै संसदलाई प्रभावकारी रुपमा अघि बढाउन भूमिका खेल्ने बताएका हुन् ।
सपथपछि कांग्रेस सांसद गगन थापाले मुलुकलाई अघि बढाउन आवश्यक नीति नियम बनाउका लागि काम गर्ने बताए । सांसदको रुपमा यसअघिको अनुभवका आधारमा नयाँ सांसदहरुलाई सँगै लिएर जाने भन्दै उनले ह्वीपको गलत प्रयोगलाई रोक्नुपर्नेमा जोड दिए ।
त्यस्तै कांग्रेसका अर्का सांसद विश्वप्रकाश शर्माले पहिलोपटक सांसदको रुपमा सदन प्रवेश गरेको र आफ्ना अवसरहरुलाई पूर्णरुपमा काममा परिणत गर्ने बताए ।
त्यस्तै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले बदलिएको नयाँ परिस्थितिमा नया जिम्मेवारीको रुपमा जनताको आकांक्षालाई पूरा गर्ने धारणा व्यक्त गरे ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले सपथ लिदै गर्दा जिम्मेवारीबोधको महशुस भएको बताए । उनले राजनीतिभन्दा बाहिरबाट राष्ट्रपति नियुक्त गर्नुपर्ने भए अहिलेको अवस्थामा स्वच्छ छवि भएकालाई राष्ट्रपति बनाउनुपर्ने बताए ।
त्यस्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले संविधानमा लेखिएका जनताका विषयहरुलाई संस्थागत रुपमा कार्यान्वयन गर्न आवाज उठाउने बताए ।
त्यस्तै जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउतले सदन र सरकारमा सहभागी भएर मुलुकलाई अघि बढाउने धारणा व्यक्त गरे ।
सांसदहरूको पूरा प्रतिक्रिया र प्रतिबद्धता हेर्नुहोस् भिडिओमा–
















प्रतिक्रिया