१ कार्तिक २०८३, आइतबार

निजी क्षेत्रको समस्या सरकारको समस्या : गृहमन्त्री खाण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ७ पुस । गृहमन्त्री बालकृष्ण खाणले निजी क्षेत्रको समस्या सरकारको पनि समस्या भएको बताएका छन् ।

रूपन्देही उद्योग संघले आयोजना गरेको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको आज बिहीबार बुटवलमा आयोजित उद्घाटन कार्यक्रममा उनले निजी क्षेत्रका सम्पूर्ण समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।

नले बैंक तथा वित्तीय संस्थाहरू पनि गम्भीर भइ उद्योगको प्रवर्द्धनमा साथ दिनुपर्नेमा जोड दिएका छन् ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

यस पटकको प्रदर्शनीमा ७ लाख दर्शकले अवलोलकन गर्ने र २५ करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । प्रदर्शनीमा औद्योगिक प्रविधि, उद्योग प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फ्लोरीकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आईटीलगायत ४५० वटा स्टल रहेका छन् ।