
काठमाडौं, ७ पुस । धोबिखोला करिडोरको अधुरो काम धमाधम सुरू भएको छ ।
बुद्धनगरको आर्क ब्रिजदेखि धोबीखोला करिडोरमा बाँकी रहेको काम पूरा गर्न लागिएको हो । जस अन्तर्गत १.५ किलोमिटर बाटोमा ओभर लेयिङ र केही मर्मतका काम हुँदैछन् ।
रोड मार्क पेन्टिङ, रेलिङ्मा कलर लगाउनेदेखि नदी किनारमा रहेका विरुवाको संरक्षणसम्मका काम भइरहेको उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयका जिल्ला आयुक्त जगदीश लामिछानेले बताए ।
नदी अतिक्रमण गरि बनाएका संरचना भत्काउन, जनता हिँड्ने फुटपाथमा अवरोध नगर्न र कालोपत्र थप्नुपर्ने ठाउँमा तत्काल काम अगाडि बढाउन केही दिनअघि सहरी विकासमन्त्री मेटमणि चौधरीले प्रधिकारण र मातहतका निकायलाई निर्देशन दिएका थिए ।















प्रतिक्रिया