१ कार्तिक २०८३, आइतबार

मेगा बैंकको साधारण सभाद्वारा ७.७९% लाभांश पारित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । मेगा बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ७ दशमलव ७९ प्रतिशत लाभांश साधारण सभाले पारित गरेको छ ।

आज बिहीबार काठमाडौंमा सम्पन्न मेगा बैंकको १२औं वार्षिक साधारण सभाले ४ प्रतिशत बोनस र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८/०७९ सम्म सञ्चित भएको बितरणयोग्य रकम १ अर्ब २६ करोड ३० लाख ५९ हजार ५२० रुपैयाँ ८ं० पैसाबाट हाल कायम चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४५३ रुपैयाँ ३६ पैसाको ४ प्रतिशतले हुन आउने ६४ करोड ४८ लाख १८ हजार ४५८ रुपैयाँ १३ पैसा बोनस शेयर र ३ दशमलव ७९ (राउन्डिङ्गमा) प्रतिशतले हुन आउने रकम ६१ करोड २ लाख ४३ हजार २८० रुपैयाँ ६६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।