१ कार्तिक २०८३, आइतबार

राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमाले मिलेर सरकार बनाउनुपर्छ : सांसद थापा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । नेकपा (एमाले)का सांसद सूर्य थापाले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा उपयुक्त हुने बताएका छन् ।

आज बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले वर्तमान राजनीतिक परिदृश्यका आधारमा मुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि दुई ठूला दल मिलेर सरकार बनाउन उपयुक्त हुने धारणा व्यक्त गरेका हुन् ।

ठूला शक्तिका रूपमा रहेको नेपाली कांग्रेस र नेकपा एमाले मिलेर अगाडि जाँदा अलि लीर्घकालीन स्थायित्वका निम्ति पनि हितकर हुन्छ भन्ने आफ्नो बुझाइ रहेको उनको भनाइ छ ।