
काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।
बिहीबार बसेको पदाधिकारी बैठकले प्रचण्डलाई सर्वसम्मतरुपमा संसदीय दलको नेता चयन गरेको हो । प्रचण्डलाई दलको नेता चयन गरेको अब संसदीय दलमा पठाइनेछ र संसदीय दलले अनुमोदन गर्नेछ ।
यस्तै बैठकले हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको छ। उपनेताकाबारेमा भने टुंगो नलागेको बताइएको छ ।















प्रतिक्रिया