१ कार्तिक २०८३, शनिबार

बागमतीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिने भएका छन् ।

मुख्यमन्त्री पदबाट राजीनामा नदिई पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि चौतर्फी उनको आलोचना भइरहेको छ । आलोचना भएपछि पाण्डेले शुक्रबार राजीनामा दिने निर्णय गरेका हुन् ।

मुख्यमन्त्री पाण्डे मंसिर ४ मा सम्पन्न निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनले त्यस क्षेत्रमा आफ्ना पुराना सहकर्मी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई हराउँदै चुनाव जितेका थिए।

०७४ को निर्वाचनमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका पाण्डेले ०७८ कात्तिक ११ गते बागमती प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए।