१ कार्तिक २०८३, आइतबार

नेपाली राजनीतिले गरेको अपेक्षाअनुसार भूमिका निर्वाह गर्छु : माधव कुमार नेपाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिले गरेको आफ्नो भूमिकाको अपेक्षा अनुसार आफू अघि बढ्ने बताएका छन् ।

आज बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रपति पदको परिकल्पना समेत आफूले नगरेको बताउँदै नेपाली राजनीतिको अपेक्षा अनुसार भूमिका निर्वाह गर्ने बताएका हुन् ।

यस्तै, उनले सरकार गठनका विषयमा नेताहरुबीच कुनै पनि छलफल नभएको बताएका छन् । दलहरु नेता चयनका लागि व्यस्त रहेको र आफू पनि बिरामी रहेकाले गठबन्धनमा सरकार गठनका विषयमा कुनै छलफल नै नभएको उनले बताएका हुन् ।

अध्यक्ष नेपालले छिट्टै गठबन्धनको बैठक बसेर सरकार गठनका विषयमा छलफल हुने जानकारी दिएका छन् । पद बाँडफाँटका विषयमा तीन नेताहरुबीच छलफल चलाउनुपर्ने उनको भनाइ छ ।