
काठमाडौं, ७ पुस । बैतडीमा शिक्षकको हत्या आरोपमा श्रीमान श्रीमती पक्राउ परेका छन् ।
सुर्नया गाउँपालिकाको ग्वानी घर भएर पाटनस्थित कृष्ण माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक धनबहादुर विष्ट गत शनिबार मृत फेला परेका थिए ।
हत्या आरोपमा पक्राउ पर्नेहरुमा कृष्ण माध्यमिक विद्यालयमै कम्प्युटर डिप्लोमा अध्ययन गर्ने पुर्चौडी नगरपालिकाकी बिमला बोहरा र उनका श्रीमान् प्रजा बोहरा रहेका छन् ।
शिक्षक विष्ट र हत्या आरोपमा पक्राउ परेकी बोहरा दुबै कृष्ण माध्यमिक विद्यालयको छात्रबासमा बस्दै आएका थिए ।
शुक्रबार राति विवाद भएपछि श्रीमान् श्रीमती मिलेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया