१ कार्तिक २०८३, शनिबार

बिकिनी किलर चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश (आदेशसहित)

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । बिकिनी किलरका नाममा परिचित चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

नेपालमा भएको दुई विदेशी नागरिकको हत्यामा संलग्न रहेको कसुरमा शोभराज जन्मकैदको सजाय काटिरहेका छन् ।

शोभराजले आफू वृद्ध भएको कारण सजायबाट उन्मुक्ति पाउनुपर्ने भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई जेलमुक्त गर्न आदेश दिएको हो ।

शोभराजको उमेर ७५ वर्ष भइसकेको तथा उनी मुटुसम्बन्धी रोगबाट पीडित भइ उपचारको अवस्थामा रहेको तथा तोकिएको कैदमध्ये ७५ प्रतिशत कैद सजाय भोगिसकेको देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ।

शोभराजलाई आजै कैदबाट मुक्त गर्न र आदेश भएको १५ दिन भित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन आदेश दिइएको छ ।