
काठमाडौं, ६ पुस । बिहीबार प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको सपथ ग्रहणअघि सर्वदलीय बैठक बोलाइएको छ ।
ज्येष्ठ सदस्यको रूपमा राप्रपा सांसद पशुपतिशमशेर राणाले बिहीबार सांसदहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछन् ।
त्यसअघि मध्यान्ह १२ बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक-एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदहरुलाई बोलाइएको छ ।
बैठकमा शपथसम्बन्धी कार्यक्रमको ब्रिफिङ हुने बताइएको छ ।















प्रतिक्रिया