१ कार्तिक २०८३, शनिबार

राष्ट्रपति भण्डारीले खुवाइन ज्येष्ठ सदस्य जबरालाई सपथ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सपथ ग्रहण गरेका छन् ।

बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा जबरालाई सपथ ग्रहण गराएकी हुन् ।

अब जबराले बिहीबार अन्य नवनिर्वाचित सांसदहरुलाई सपथ गराउनेछन् ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा एक सय १० गरी दुई सय ७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।