१ कार्तिक २०८३, शनिबार

रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

चितवन-२ बाट प्रतिनिधि सभा सांसदमा निर्वाचित लामिछानेले गैरकानुनी रुपमा नेपाली नागरिकता प्रयोग गरेको भन्दै सांसद पद खारेज गर्दै कारबाहीको माग गरेर सर्वोच्चमा रिट दर्ता भएको थियो ।

बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले सांसद पदको शपथ नगराउन माग गरिएको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

लामिछाने सांसद बन्न अयोग्य भएको भन्दै उनको शपथसमेत रोक्न माग गरिएको थियो । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले दुवै पक्षलाई छलफलका लागि झिकाउन आदेश गरेको हो।

सर्वोच्चले अन्तरिम आदेश नदिएसँगै रविलाई सांसदको सपथ खाने बाटो खुलेको छ ।