
काठमाडौं, ६ पुस । विवाहमा झडप हुँदा पर्सामा एक युवकको हत्या भएको छ ।
जगरनाथपुर गाउँपालिका-३ मा विवाहमा नाच्ने क्रममा विवाद हुँदा कुटपिटबाट स्थानीय करिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको हत्या भएको हो ।
सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहमाथि कुटपिट भएको थियो । सैमुल्लाहले नाच्न नदिएको भन्दै उनीमाथि उनकै काकाहरुले कुटपिट गरेका प्रहरीले जानकारी दिएको छ ।
घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिने तयारी भएको प्रहरीले बताएको छ ।















प्रतिक्रिया