
काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बन्द कोठामा सरकारको आलोपालो गर्ने निर्णय मान्य नहुने बताएका छन् ।
बुधबार बिहान सम्पन्न संसदीय निर्वाचनमा पराजित भएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै थापाले कांग्रेसको नेतृत्वमा नै सरकार बनाउनुपर्ने भन्दै अध्यारो कोठामा आलोपालो प्रधानमन्त्रीको सहमति गर्न नहुने बताए ।
बन्दकोठामा भएका सहमतिको जवाफदेही कांग्रेस हुन नसक्ने उनको भनाई छ । त्यस्तै महामन्त्री थापाले निर्वाचनको परिणामलाई आफूले सहज रुपमा स्वीकार गरेको बताएका छन् ।
अर्को पटक फेरि संसदीय दलको नेतामा लड्ने बताउँदै थापाले बन्द कोठामा आलोपालो सरकारको सहमति भए आफु सरकारमा सहभागी नहुने बताए ।
थापालाई पराजित गर्दै कांग्रेस सभापति देउवा छैठौँ पटक पार्टीको संसदीय दलको नेता बनेका छन् । यसअघि उनी विसं २०५१, २०५८, २०६३, २०७२ र २०७४ मा समेत संसदीय दलको नेता निर्वाचित भएका थिए ।















प्रतिक्रिया