१ कार्तिक २०८३, शनिबार

माओवादीले भोलि संसदीय दलको नेता चयन गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । नेकपा माओवादी केन्द्रले भोलि संसदीय दलको नेता चयन गर्ने भएको छ ।

भोलि सांसदहरुको सपथ सकिएलगत्तै बैठक बसेर दलको नेता चयन गर्ने माओवादीले जानकारी दिएको छ ।

माओवादीले यसअघि नै सांसदहरुले प्रमाणपत्र पाएपछि मात्रै संसदीय दलको नेता चयन गर्ने बताएको थियो । माओवादी दलको नेता प्रचण्ड हुने निश्चित जस्तै छ ।

माओवादीका प्रत्यक्षमा १८ जना र समानुपातिकमा १४ जना गरेर कुल ३२ जना सांसद छन् ।