
काठमाडौं, ६ पुस । आज यस वर्षको सबैभन्दा छोटो दिन परेको छ ।
प्रायजसो वर्षको सबैभन्दा छोटो दिन डिसेम्बर २२ मा पर्ने गर्छ भने कहिले कहीँ डिसेम्बर २१ मा पनि पर्ने गर्दछ । यो वर्ष २१ डिसेम्बरमा सबैभन्दा छोटो दिन परेको हो।
यस दिनलाई इस्वी संवतको पात्रो अनुसार ‘विन्टर सोल्स्टिस’ भन्ने गरिएको छ। सबै भन्दा लामो दिनलाई भने ‘समर सोल्स्टिस’ भनिन्छ।
नेपालमा आज १० घण्टा २३ मिनेट मात्रै घाम लाग्नेछ । भोलिबाट क्रमश: दिन लामो र रात छोटो हुँदै जान्छ ।















प्रतिक्रिया