४ कार्तिक २०८३, बुधबार

कांग्रेस संसदीय दल निर्वाचनः सिंहदरबारमा सुरक्षा व्यवस्था कडा, अझै सुरु भएन मतदान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं, ६ पुस । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि  बुधबार बिहान सिंहदरबारमा हुन लागेको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सिंहदरबारको प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन् ।

सांसदहरूको परिचयपत्र देखाएर मात्रै भित्र प्रवेश दिइएको छ । सांसदबाहेक अरूलाई प्रवेश निषेध गरिएको छ ।

बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि ८ः३५ बज्दा समेत मतदान प्रक्रिया सुरु हुन सकेको छैन् ।

कांग्रेस संसदीय दलको नेताका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उम्मेदवारी रहेको छ ।