
काठमाडौं, ६ पुस । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज हुँदैछ ।

मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन आज बिहान ८ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ ।
सभापति देउवालाई संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह विमलेन्द्र निधि र शशाङ्क कोइरालाले साथ दिएका छन् भने महामन्त्री थापालाई उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगै, कांग्रेस नेताहरु शेखर कोइराला, प्रदीप पौडेले समर्थन जनाएका छन् ।
कांग्रेस संसदीय दलको निर्वाचनमा कांग्रेसका ८९ सांसदहरुले मतदान गर्न पाउनेछन् ।















प्रतिक्रिया