१ कार्तिक २०८३, आइतबार

विश्वकप २०२२ : खेलाडीको भव्य स्वागतसहित अर्जेन्टिनामा राष्ट्रिय विदा (फोटो फिचर)

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, ५ पुस । कतारको दोहामा आइतबार सम्पन्न फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ को उपाधि विजेता टीम अर्जेन्टिनाका खेलाडीहरू स्वदेश फर्किएका छन् ।

स्थानीय समयअनुसार मंगलबार बिहान ३ बजेतिर राजधानी ब्युनस आएर्सस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा विश्वकपको ट्रफिसहित ओर्लिएका कप्तान लियोनल मेसीलगायत खेलाडीहरूलाई अर्जेन्टिनाका उच्च सरकारी अधिकारी तथा सर्वसाधारणहरूको ठूलो जमातले भव्य स्वागत गर्नाका साथै सैनिक टुकडीले सम्मान समेत अर्पण गरेको थियो ।

विश्व फुटबलको सबैभन्दा ठूलो स्पर्धा ‘विश्वकप’ को उपाधि जितेको खुसीयालीमा अर्जेन्टिनी सरकारले मंगलबार देशभर सार्वजनिक विदाको घोषणा गरेको छ भने खेलाडी र राष्ट्रको सम्मानमा मुलुकभर विजयोत्सव मनाउन सम्पूर्ण देशबासीहरूलाई आह्वान समेत गरिएको छ ।

पेनाल्टी सुटआउटमा साविक विजेता फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सन् २०२२ को कतार विश्वकप हात पार्न सफल भएको हो । ३६ वर्षपछि विश्वकपको ट्रफी लिएर एशियाली महादेशबाट विशेष विमानमार्फत घर फर्किएको विश्वविजेता अर्जेन्टिनी टोलीलाई रातो कार्पेट विछ्याएर उच्च सम्मान दिइएको छ ।

३५ वर्षीय लियोनल मेसीको कप्तानीमा विश्वकप उपाधिमा ह्याट्रिक गरेपछि यतिबेला अर्जेन्टिनाभर मेसीले लगाउने १० नम्बर जर्सी र राष्ट्रिय झण्डासहित सेना, प्रहरी, कर्मचारी, व्यापारीलगायत लाखौंको संख्यामा सर्वसाधारण नागरिकले खुसीयाली मनाइरहेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

ब्युनस आएर्सस्थित महानगरको केन्द्रभागमा अवस्थित ऐतिहासिक ग्राउण्ड ओबिलिस्कमा मंगलबार करिब ३ लाख मानिसको बीचमा विश्वकपको ट्रफी प्रदर्शन गर्दै मेसीसहितका खेलाडी, अफिसियल, प्रशिक्षकलगायत सम्पूर्ण क्षेत्रका मानिसहरूमाझ राष्ट्रले हासिल गरेको ऐतिहासिक उपलब्धिलाई एकआपसमा साटासाट गर्न विजयसभा गरिएको अर्जेन्टिनी फुटबल संघले जनाएको छ ।

सन् २०१४ को ब्राजÞील विश्वकपको फाइनलमा १–० को झिनो अन्तरले जर्मनीसँग पराजित अर्जेन्टिनाले अहिलेसम्म भएका विश्वकपका २२ वटा संस्करणमध्ये १८ वटामा सहभागिता जनाउँदै ६ पटक फाइनल खेल्नाका साथै यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो ।

नेपालबाट नजिकैको दूरी र अत्यधिक नेपालीहरूले प्रत्यक्ष रूपमा मेसी, रोनाल्डो, नेयमार, एमबाप्पे, डिमारिया, लुका मोर्डिक, हाकिमी, मार्टिनेजलगायत चर्चित खेलाडी र विश्वकपका खेल हेर्ने अवसर पाएको सम्भवत: यो पहिलो क्षण हो ।

कतार विश्वकपमा उत्कृष्ट खेलाडीका लागि गोल्डेन बल लियोनल मेसीले पाउँदा सर्वाधिक गोलकर्ता बन्दै केलियन एमबाप्पेले गोल्डेन बुट हात पारेका छन् भने उत्कृष्ट गोलरक्षकको रूपमा इलिमिनो मार्टिनेज र युवा खेलाडीको पुरस्कार समेत अर्जेन्टिनाकै इन्जो फर्नान्डेजले प्राप्त गरेका छन् ।

दैनिकी चलाउन सामान्य रेष्टुरेन्टमा वेयटरको काम गर्दागर्दै करिब १८ वर्षअघि फुटबलमा होमिएर विश्वप्रसिद्ध खेलाडी बनेका एक युवक लियोनल मेसीलाई अर्जेन्टिनाले आज संसारकै महान खेलाडी डीएगो माराडोनासँग तुलना गर्दै आफ्नो देशले पुन: अर्को नयाँ मेसी जन्माउने उद्घोष समेत गरेको छ ।