१ कार्तिक २०८३, शनिबार

एसपी पाण्डेको ज्यादती सहन नसकेपछि काठमाडौं महानगरका सई चुडालले दिए राजीनामा

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । काठमार्डौं महानगरपालिकाका नगरप्रहरी सई लोकनाथ चुडालले पदबाट राजीनामा दिएका छन् ।

महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेको अत्याचार सहन नसकेको भन्दै चुडालले राजीनामा दिएका हुन् । पाण्डेले तल्लो तहका नगरप्रहरीहरुमाथि ज्यादती गर्ने गरेको आरोप चुडालले लगाएका छन् ।

पाण्डेले तल्लो तहका कर्मचारीको समस्य नबुझ्ने र कुनै समस्या लिएर जाँदा समस्या नबुझी उल्टै गाली गलौज गर्ने गरेको चुडालले बताएका छन् ।

पाण्डे प्रमुख भएर आएदेखि नै कर्मचारीहरुलाई अत्याचार गरिरहेका चुडालले बताए ।