
काठमाडौं, ५ पुस । शहरी विकास मन्त्री मेटमणि चाधरीले बञ्चरे डाँडाका जनतामाथि अन्याय नहुने बताएका छन् ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको वञ्चरे डाँडाको मंगलबार स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले स्थानीयवासीसँग संवाद गर्दै भने, ‘यत्रो फोहोर जम्मा भइरहेको छ । गन्ध निस्कन्छ । तपाईंहरुकै कारण काठमाडौँ सफा भएको छ । त्यसकारण तपाईंहरुका जायज माग सम्बोधन हुने छन् । अधिकांश माग पूरा हुने चरणमा पनि छन् ।’
स्थानीयको समस्या सुनेपछि मन्त्री चौधरीले थपे, ‘हरेक ठाँउमा बदमासी गर्नेहरु हुन्छन् । त्यस्तालाई तपाईंहरु पनि पहिचान गर्नुस् । तपाईंहरुमाथि सरकारले अन्याय हुन दिन्न ।’
शहरी विकास तथा भवन निर्माण विभाग, बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजना कार्यान्वयन इकाइका इन्जिनियर माधव कटुवालले बन्चरे डाँडाको काम दुई चरणमा गरिएको जानकारी दिए ।















प्रतिक्रिया