
काठमाडौं, ५ पुस । नेकपा एमालेका चार जना जिल्ला अध्यक्षहरु सम्मानित भएका छन् ।
गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जिल्लामा क्लिन स्वीप गर्ने चार जना जिल्ला अध्यक्ष सम्मानित भएका हुन् ।
काठमाडौंमा आयोजित ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले चारजना जिल्ला अध्यक्षहरुलाई सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरुमा अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसाल, पर्वतका राजु पौडेल र धनकुटाका इन्द्रमणी पराजुली रहेका छन् ।
यस्तै, संसदीय इतिहासमा पहिलो पटक जित हासिल गर्न सफल सोलुखुम्बु जिल्लाका अध्यक्ष डुफ कुमार बास्तोला सम्मानित भएका हुन् ।
कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूलाई पार्टीले बधाई तथा सफल र प्रभावकारी कार्यकालका लागि शुभकामना ज्ञापन गरेको छ ।



















प्रतिक्रिया