१ कार्तिक २०८३, आइतबार

स्वास्थ्य लाभ गरी माओवादी केन्द्रका उपमहासचिव पुन स्वदेश फर्किए

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर मंगलबार स्वदेश फर्किएका छन् ।

स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उनी स्वदेश फर्किएका हुन् । वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन जानुभएको थियो ।

उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको हो । नेपालबाट जाँदा पुनमा निद्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुची तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या रहेको र उपचारपछि उक्त समस्याहरु हटेको पुनको पारिवारिक स्रोतले जनाएको छ ।

यसअघि गत वर्ष पनि रोगले च्यापेपछि पुनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो ।