
काठमाडौं, ५ पुस । धनगढीमा गोली प्रहारबाट एक व्यक्ति घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका–९ शिवरामनगर टोलमा मंगलबार बिहान करिब ३ बजे गोली प्रहार भएको हो । गोली लागेर स्थानीय प्रजापति विष्ट घाइते भएका हुन् ।
बिहानिपख घरमा चोरी गर्न आएका चोरको प्रतिकार गर्ने क्रममा चोरले विष्टलाई गोली हानेका हुन् । गोली चलेपछि स्थानीयहरुले चोरलाई लखेटेका थिए ।
चोरहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया