१ कार्तिक २०८३, शनिबार

आफ्नै घरमा आगो लगाएपछि…

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, ५ पुस । सर्लाहीको हरिपुर नगरपालिकामा एक व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् ।

मानसिक सन्तुलन ठिक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा १५ लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको हो ।

हरिपुर–२, सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए ।

इँटा र काठले बनेको दुईतले घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो ।

स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।