
काठमाडौं, ५ पुस । बुधबार हुने नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
मनोनयन दर्ताका लागि ५१ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । मनोनयन दर्तापछि उम्मेदवारको प्रथम नामावली मंगलबार अपराह्न साढे ३ बजे प्रकाशन हुनेछ ।
मनोनयन दर्तापछि दाबी विरोधका लागि साढे ३ देखि ४ बजेसम्मको समय दिइएको छ ।
संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र डा. शेखर कोइराला मुख्य आकांक्षी रहेका छन् ।















प्रतिक्रिया