१ कार्तिक २०८३, आइतबार

द ब्रिटिस कलेजमा नयाँ आईटी कार्यक्रम सञ्चालन गरिदै, पहिलो ३० जनालाई छात्रवृत्तिको व्यवस्था

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । द ब्रिटिस कलेजले बेलायतको किल विश्वविद्यालयसँगको साझेदारीमा ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ कार्यक्रम सुरू गर्ने तयारी गरेको बताएको छ ।

यो प्रोग्राम ‘द ब्रिटिस कलेज’को सहायक संस्था ‘द ब्रिटिस इन्टरनेशनल कलेज’द्वारा सञ्चालन गराइने भएको हो । कोर्षका लागि आवेदन दिने पहिलो ३० जना आवेदकलाई छात्रवृत्ति पनि उपलब्ध गराइने कलेजले जनाएको छ ।

किल विश्वविद्यालयको यो कोर्ष निकै एड्भान्स तरिकाले डिजाइन गरिएकाले विद्यार्थीहरुका लागि निकै फलदायी हुने कलेजको विश्वास छ । नयाँ कोर्षले विद्यार्थीहरुलाई कम्प्युटर साइन्सको विभिन्न क्षेत्र (प्रोग्रामिङ ल्याङ्ग्वेयज, अल्गोरिदम्स, डेटा साइन्स, कम्प्युटर आर्किटेक्चर र सफ्टोयर इन्जिनीयरिङ) लाई समेट्ने कलेजले जनाएको छ ।

किल विश्वविद्यालय यूकेमा अध्ययनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ । ७० वर्षदेखि विश्वभर यस विश्वविद्यालयको धेरै संस्थाहरुसँग पार्टनरशीप रहेको छ । स्टुडेन्ट क्राउड अवार्डस् २०२२ मा विद्यार्थीहरुबाट यो विश्वविद्यालयलाई प्रथम स्थानमा राखिएको थियो ।

विश्वविद्यालयले अनुसन्धानको क्षेत्रमा योगदान पुर्‍याउँदै आइरहेको छ भने संस्थामा अध्ययनरत विद्यार्थीहरूले इन्टर्नशीप र व्यावहारिक अनुभव प्राप्त गर्न सक्ने छन् ।

ब्रिटिस कलेजका सीईओ राजन कँडेलले भने, ‘उक्त विश्वविद्यालयसँग पार्टनरशीप गर्न पाउँदा हामी उत्साहित छौँ । नयाँ शैक्षिक कार्यक्रमहरुले विद्यार्थीहरुको ज्ञान र शीपको विकास गर्ने कुरामा हामी प्रष्ट छौँ । यसले समाजलाई ‘डिजिल ट्रान्सफमेसन’ गर्न सहयोग गर्नेछ ।’

डिग्री हासिल गर्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्तिको सुविधा समेत उपलब्ध रहेको कोर्षमा भर्ना हुने पहिलो ३० जना विद्यार्थीहरुलाई ट्युसन शुल्कमा ५० प्रतिशत छात्रवृत्ति उपलब्ध हुनेछ । यो अफर जनवरी महिनासम्म मात्र हुने कलेजनले जनाएको छ ।

कम्प्युटर साइन्स विषयमा स्नातक अध्ययन गरिसकेका वा अन्य सम्बन्धित क्षेत्रका विद्यार्थीहरुले यो कोर्षका लागि आवेदन दिन सक्ने छन् । कोर्षबारे ब्रिटिस कलेज थापाथली वा चाकुपाटबाट विस्तृत जानकारी लिन सकिने बताइएको छ ।