१ कार्तिक २०८३, शनिबार

पुस १० भित्र नयाँ सरकार बन्छ: प्रचण्ड

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १० गतेभित्र नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

गृहजिल्ला चितवन पुगेका प्रचण्डले पत्रकारहरुसँग कुराकानी गर्दै अहिलेसम्म प्रधानमन्त्री को बन्ने भन्ने टुंगो नलागेको भन्दै सहमतिमै सजिलैसँग प्रधानमन्त्री गठबन्धनबाटै बन्ने दाबी गरे ।

प्रधानमन्त्रीमा आफ्नो दाबी बहिर हल्ला चलेको जस्तो नभएको भन्दै प्रचण्डले गठबन्धनभित्र यो विषयमा औपचारिक रुपमा छलफल नभएको स्पष्ट पारे ।

‘देशको नेतृत्व गर्ने अवसर पायो भने जिम्मेवारी लिने कुरा त मैले गरेको छु। तर तपाईंहरूले सुनेजस्तो प्रधानमन्त्रीमा दाबी भनेर गठबन्धनभित्र औपचारिक रूपमा कुरा सुरू भएको छैन,’ प्रचण्डले भने, ‘को प्रधानमन्त्री बन्ने गठबन्धनबाट सजिलै निर्णय हुन्‍छ, अहिले छलफल भएको छैन।’

राष्ट्रपति कसलाई बनाउने भन्नेबारे पनि गठबन्धनभित्र छलफल नभएको उनले बताए। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत पद प्याकेजमै सहमति गरिने उनले बताए।