१ कार्तिक २०८३, शनिबार

विश्वकप जितेपछि मेसीले भने- अर्जेन्टिनीहरु एकताबद्व भएर लड्ने प्रमाणित गर्‍यौँ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । कतारमा भएको फिफा विश्वकप २०२२ मा विश्व विजेता बनेपछि अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले पहिलो प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमार्फत मेसीले प्रतिक्रिया दिएका हुन् । मेसीले जितबाट आफू खुशी रहेको बताएका छन् । मेसीले विश्वकप जित्ने आफूले कयौँ सपना देखेको र अहिले पुरा भएको बताएका छन् ।

मेसीले आफ्ना परिवार, समर्थन र टीमलाई धन्यवाद दिँदै अर्जेन्टिनीहरु एकताबद्व भएर लड्ने प्रमाणित गरेको उल्लेख गरेका छन् ।

‘कयौंपटक मैले यसको सपना देखेको थिएँ । मैले यति धेरै चाहेको थिएँ कि म विश्वास गर्न सकिरहेको छैन । मेरो परिवारलाई, मलाई समर्थक गर्ने सबैलाई र हामीलाई विश्वास गर्ने सबैलाई धेरै धेरै धन्यवाद छ । हामीले फेरि प्रमाणित गर्‍यौँ, जब हामी अजेन्टिनाइनहरु मिलेर लड्छौँ र एकताबद्ध हुन्छ, हामी आफ्नो लक्ष्य हासिल गर्न सक्षम हुन्छौं । हामी एउटै सपनाका लागि लडिरहेका थियौँ र हामी सफल भयौँ, मेसीले लेखेका छन् ।’