१ कार्तिक २०८३, शनिबार

मेयर हर्क साम्पाङले मागे माफी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले माफी मागेका छन् ।

सामाजिक सञ्जालमा मेयर साम्पाङले दलित समुदायलाई ठेस पुग्ने शब्द प्रयोग गरेको भन्दै उनको विरोध भइरहेको छ ।

मेयर साम्पाङले आइतवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै माफी मागेका हुन् । गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दु:ख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दु:खी बनाएको भन्दै माफी मागेका छन् ।

उनले कसैलाई ठेस पुर्‍याउन नियतवश स्टाटस नलेखेको पनि स्पष्ट पारेका छन्।

मेयर साम्पाङले आफूले समानताको भावनाको साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसंगति बेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनविरुद्ध लामो समय अभियान चलाएको पनि स्मरण गरेका छन् ।

दलित आयोगले साम्पाङलाई कारबाहीको सिफारिस गर्दै गृहमन्त्रालयमा पत्रसमेत पठाएको थियो ।