१ कार्तिक २०८३, आइतबार

नेपाल, खनाल, ठाकुर र गौतमबीच संयुक्त भेट, के विषयमा भयो छलफल ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, लोसपाका अध्यक्ष महन्त ठाकुर र बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

गठबन्धनको निरन्तरता र नयाँ सरकार गठनका लागि दलहरुबीच रस्साकस्सी चलिरहेका तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्टबाहेकको सरकार गठन गर्ने गृहकार्य गरिरहेको चर्चा चलिरहेका बेला नेताहरूबीच अर्थपूर्ण भेटघाट भएको हो । वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका गौतमसहित शीर्ष नेताहरुबीच आइतबार भेटवार्ता भएको हो ।

निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त नगरेको र सरकार गठनको सबै सम्भावना जीवित रहेकाले नेताहरुको दौडधुप बढेको हो । मुलुक अहिले अस्थिरतातर्फ जान लागिरहेकाले राष्ट्रिय राजनीतिमा भूमिका खेल्न अध्यक्ष नेपालसँग ठाकुर र गौतमले आग्रह गरेको एकीकृत समाजबादीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए ।

त्यस्तै, उनले नेकपा समाजवादीको केन्द्रीय सचिवालय बैठकमा राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको भन्दै गठबन्धनको भावना र मर्म अनुसार अघि बढ्ने निर्णय भएको बताए ।