१ कार्तिक २०८३, आइतबार

इजरायलकी राजदूत कान्ता रिजाल साइप्रसको गैरआवासीय राजदूत नियुक्त

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल साइप्रसको गैरआवासीय राजदूत नियुक्त भएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालीे आवासीय राजदूत कान्ता रिजाललाई आइतबार गणतन्त्र साइप्रसका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रिजाललाई साइप्रसको राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।