१ कार्तिक २०८३, शनिबार

मेयर हर्क साम्पाङलाई कारबाही गर्न सिफारिस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई कारबाहीको माग गर्दै गृहमन्त्रालयमा सिफारिस गरिएको छ ।

दलित आयोगले मेयर साम्पाङलाई कारबाहीको सिफारिस गरेको हो । मेयर साम्पाङले दलितलाई अपमानजनक शब्दहरु प्रयोग गरेको भन्दै कारबाहीको माग गरिएको हो ।

आयोगले मेयर राईलाई आत्मालोचना गरेर आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गरेकोमा उनले अटेर गर्दै आयोगमाथि नै प्रश्न उठाएपछि आयोगले कारबाहीका लागि सिफारिस गरेको आयोगले जनाएको छ ।

साम्पाङले सामाजिक सञ्जालमा एक स्टाटसमा ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ लेखेका थिए । जसले गर्दा दलितहरुको अपमान भएको आयोगले बताएको छ ।