
काठमाडौं, ३ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२को फाइनल खेल आज हुँदै छ ।
कतारको लुसेल रंगशाला हुने फाइनल खेल आज राति ८ः४५ बजेबाट सुरु हुनेछ । उपाधिको लागि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।
सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने फ्रान्सले मोरक्कोलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
अर्जेन्टिना र फ्रान्स दुबैले दुई/दुई पटक विश्वकपको उपाधि जितिसकेका छन् ।
यसअघि सन् २०१८ मा भएको विश्वकपको उपाधि पनि फ्रान्सले जितेको थियो । फ्रान्स लगातार दोस्रो पटक विश्वकपको उपाधि हात पार्ने दाउमा छ भने अर्जेन्टिनालाई ३६ वर्षपछि उपाधि हात पार्ने अवसर रहेको छ ।
अर्जेन्टिनाले १९८६ पछिको विश्वकपको उपाधि हात पार्न सकेको छैन् । अर्जेन्टिना यसअघि ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपको फाइनलमा पुगेर जर्मनीसँग पराजित भएको थियो ।















प्रतिक्रिया