
काठमाडौं, २ पुस । सहकारी अभियन्ता कृष्णबहादुर उप्रेतीको संस्मरणात्मक आत्मकथा ‘केवी’ शुक्रवार लोकार्पण भएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा पूर्व मन्त्री लिलामणी पोखरेल, पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई, बैंकका सल्लाहकारहरु केशव निरौला र राधा घले तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।
पुस्तकमा उप्रेतीको जीवनको आरोह अवरोह, सहकारी र निजी जीवनका प्रेरणादायी घटनाहरुका साथै सहकारी क्षेत्र सम्वद्ध व्यक्तिहरुको उनीसँगको अनुभव समेटिएको छ ।
२०५२ सालदेखि सहकारी क्षेत्रमा अनवरत संलग्न उप्रेती प्रारम्भिक संस्था, जिल्ला सहकारी संघ हुँदै सहकारी बैंकको अध्यक्ष बनेका हुन् भने राष्ट्रिय सहकारी महासंघको समेत उनी सञ्चालक हुन् । पत्रकार पुरुषोत्तम दाहालले आत्मकथाको समिक्षा गरेका थिए ।
उनले उप्रेतीको आत्मकथामा इमान्दारिता देखिएको चर्चा गरे । दाहालले पुस्तक सहकारीकर्मी र अन्य क्षेत्रमा लाग्नेहरुका लागि पनि प्रेरणा बन्ने बताए ।















प्रतिक्रिया