१ कार्तिक २०८३, आइतबार

कांग्रेसका दर्जन केन्द्रीय ससदस्यले मागे केन्द्रीय कार्यसमिति बैठक

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । नेपाली कांग्रेसका एक दर्जन केन्द्रीय सदस्यले पार्टीको सुदृढीकरणका लागि सशक्त अभियान अघि बढाउने विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका छन् ।

ललितपुरको एक होटलमा आयोजित बैठकमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, नैनसिंह महर, मदन अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानु बास्तोला, सरस्वती अर्याल, अब्दुल मियाँ लगायतका नेताहरूले तत्काल केन्द्रीय कार्यसमिति बैठकको माग गरेका हुन् ।

संकटग्रस्त अर्थतन्त्र र चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठकको माग गर्न बैठकले निष्कर्ष निकालेको नेता विश्वकर्माले बताएका छन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिना भइसक्दा पनि कांग्रेसले चुनावी समीक्षा समेत गरेको छैन । केन्द्रीय सदस्यहरूले संस्थापन पक्षभित्र केही नेताहरूको एकाधिकार चलेको बताउँदै चिन्ता व्यक्त गरेका थिए ।

संस्थापक पक्षभित्र भइरहेको पक्षपाती व्यवहारबारे सभापति शेरबहादुर देउवालाई भेटेर उनीहरूले ध्यानाकर्षण गराउने भएका छन् । केन्द्रीय समितिमा मोर्चाबन्दी गरेर दबाब बढाउने उनीहरूको तयारी छ । विश्वकर्माले छलफललाई आगामी दिनमा अगाडि बढाउने बताएका छन् ।