
काठमाडौं, २ पुस । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेट्न कांग्रेस नेता विजय गच्छदार डिल्लीबजार कारागार पुगेका छन् ।
अध्यादेश ल्याएर आममाफी दिने चर्चा भइरहेका बेला आज शनिबार डिल्लीबजार कारागारमा चौधरी र गच्छदारबीच भेटवार्ता भएको हो । उनीहरूबीच एक घण्टा छलफल भएको बताइएको छ ।
गच्छदारले अध्यादेश ल्याएर थारूहरूको रिहाइ गर्न लागिएको जानकारी गराएका छन् ।















प्रतिक्रिया