१ कार्तिक २०८३, आइतबार

संविधानको रक्षा र पालना गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ : महामन्त्री शर्मा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानको रक्षा र पालना गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताएका छन् ।

कांग्रेस झापा १– काठमाडौं सम्पर्क समितिले आज शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले राष्ट्रपति चयनमा दलहरू गम्भीर हुनुपर्ने तथा संविधानको रक्षा र पालना गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताएका हुन् ।

उनले राष्ट्रपति भवनमा व्यक्ति नभई प्रवृति लिएर जाने उल्लेख गर्दै पहिलो राष्ट्रपति मधेशी समुदाय र दोस्रो राष्ट्रपति महिला समुदायबाट बनेको भन्दै अबको राष्ट्रपति फरक समुदायको हुनुपर्ने पनि बताएका छन् ।

उनले अहिलेको निर्वाचनमा कांग्रेस एक्लैले नभई गठबन्धन मिलेर विजयी भएको भएको भन्दै अब बन्ने प्रधानमन्त्री दुई वर्षका लागि बन्ने धारणा व्यक्त गरे । सरकार बनाउने नाममा गठबन्धनलाई भत्किन दिन नहुने उनको भनाइ छ ।

महामन्त्री शर्माले अहिले मुलुकका देखिएका सबै समस्याहरूलाई गठबन्धन दलहरू मिलेर नै समाधान गर्नुपर्ने बताए ।